Dhulikhel Eco Banner new

असार पछि मर्जरका लागि दिइने सहुलियत कटौती हुने

5.11K
shares

काठमाडौं, २० जेठ । नेपाल राष्ट्र बैंकले मर्जरमा जाने बैंकहरुलाई दिइदै आएको सहुलियत कटौती गर्ने भएको छ । नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले वाणिज्य बैंकका सञ्चालक समितिका अध्यक्षहरुलाई बोलाएर असार पछि सहुलियत कटौती गरिने बताएका हुन् ।

गभर्नरले बोलाएको छलफलमा समसामयिक विषयमा छलफल भएको बैंक तथा वित्तीय संस्थाका अध्यक्षहरूको संस्था बैंक तथा वित्तीय संस्था परिसंघ नेपालका अध्यक्ष पवन गोल्यानले बताएका छन् । सो अवसरमा गभर्नर अधिकारीले बैंकहरूलाई मर्जरमा जाने भए प्रारम्भिक सम्झौताका लागि असार मसान्तसम्मको ‘अल्टिमेटम’ दिएको बताइएको छ ।

‘मर्जरमा जाने भए असार मसान्तसम्मको समय छ, आगामी मौद्रिक नीतिबाट मर्जरको लागि दिएको सुविधा कटौती हुनसक्छ,’ गभर्नरको भनाइ उद्धृत कार्यक्रममा सहभागि एक अधिकारीले भने, ‘मर्जरको लागि आगामी मौद्रिक नीतिले अर्को रणनीति लिनसक्छ, अब राष्ट्र बैंकले मर्जरको लागि दिँदै आएको प्रोत्साहन प्याकेजलाई निरन्तरता नदिन सक्छ ।’

राष्ट्र बैंकले आउँदो मौद्रिक नीतिमार्फत वित्तीय क्षेत्रलाई थप कसिलो बनाउने तर्फ संकेत गरेको छ । गभर्नर अधिकारीले मर्जरका लागि असार मसान्तभित्र प्रारम्भिक सम्झौता गर्नेले मात्रै सुविधा पाउने बताएको एनएमबी बैंकका अध्यक्ष समेत रहेका सिबिफिनका अध्यक्ष गोल्यानको जानकारी दिए ।

छलफलमा राष्ट्र बैंकका प्रवक्ता समेत रहेका नियमन विभाग प्रमुख डा. गुणाकर भट्टले अहिलेको वित्तीय सूचक तथा समस्या र चुनौतीहरूको ‘प्रिजेन्टेसन’ गरेका थिए ।