सरकारको पर्यटन भित्राउने ७४ योजना
वि.सं.२०७९ साउन ९ सोमवार ०७:१४
shares

काठमाडौं, ९ साउन । सरकारले पर्यटन भित्राउने ७४ योजना सार्वजनिक गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘पुनरुत्थान कार्यक्रम’ घोषण गरि उक्त योजना सर्वजनिक गरेको हो ।
पहिलो चरणमा काठमाडौं उपत्यकाभित्रका सम्पदा जोड्ने मार्ग निर्माण र ललितपुर, भक्तपुर, कीर्तिपुर तथा काठमाडौंमा रात्रिकालीन सम्पदा यात्रा थालनी गर्ने मन्त्रालयको योजना छ ।
त्यस्तै, दुई तले खुला बस सञ्चालन गर्ने, मन्त्रालयले उपत्यकाभित्र घुम्ने पर्यटकलाई एकद्वार प्रणालीबाट अनुमति र टिकट बिक्री गर्ने, स्वास्थ्य सुविधासहितको अवकाशप्राप्त भिसा प्याकेज दिने, खेलकुदलाई पर्यटनसँग जोड्ने, पर्यटनको एकीकृत तथ्यांक प्रणाली विकास गर्ने योजनामा राखेको छ ।
मन्त्रालयले आरोहणका लागि थप हिमाल खुला गर्ने, सगरमाथाबारे अध्ययन गर्ने, आरोहीलाई परिचयपत्र दिने, अन्नपूर्ण आधार शिविरमा एसिया प्रशान्त क्षेत्रका मन्त्रीहरुको सम्मेलन गर्ने, सन् २०२३ देखि २०३३ सम्म भ्रमण दशक मनाउने, विदेशी चलचित्र छायांकनमा छुट दिने, अन्तर प्रदेश उडानलाई विस्तार गर्ने, पर्यटक प्रवेश गर्ने मार्ग तथा विन्दुमा शौचालय तथा विश्राम कक्ष बनाउने, पर्यटक बोक्ने ट्याक्सीलाई अनिवार्य जीपीएस जोड्ने, पोखरा र भैहरवा विमानस्थलको विभिन्न मुलुकमा रहेका दुताबासमार्फत प्रचार गर्ने, त्यहाँ उडान गर्ने वायुसेवालाई छुट अफर थप दिने लगायतका कार्यक्रम योजन रहेको छ ।















