Dhulikhel Eco Banner new

विराटनगरमा ३ अर्ब लगानीमा र्‍याडिसन होटल खुल्दै

8.24K
shares

काठमाडौं, १० साउन । विराटनगरमा ३ अब लगानीमा र्‍याडिसन होटल खुल्ने भएको छ । र्‍याडिसन विराटनगर र सेन्चुरियन मार्ट एन्ड होटलको सयुक्त लगानीमा अन्तरराष्ट्रिय ब्राण्डको चेन होटल खुल्न लागेको हो ।

होटलमा १४६ ओटा कोठा, १० हजार वर्गमिटर क्षेत्रफल रहने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार होटलमा नेपालकै ठूलो ब्याङ्कवेट समेत सञ्चालन हुने बताईएको छ ।

त्यस्तै, होटलमा फिल्म हल, स्विमिङ पुल, क्यासिनो, जिम सेन्टर, शपिङ सेन्टर, केएफसी, पिज्जा हट लगायतका रहने कम्पनीले बताएको छ । होटल सन् २०२३ जनवरीसम्ममा सञ्चालनमा आउनेछ ।

लगानीमध्ये ४० प्रतिशत स्वपूँजी र ६० प्रतिशत बैंक कर्जा रहेको छ ।