मन्दाकिनी हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन
वि.सं.२०७९ साउन १२ बिहीवार ०८:०४
shares

काठमाडौं, १२ साउन । मन्दाकिनी हाइड्रोपावर लिमिटेडको शेयर भर्ने आज अन्तिम दिन रहेको छ । अजा बैंकिङ समय सकिएपछि साधारण शेयर भर्ने म्याद सकिने कम्पनीले जानाएको छ ।
उक्त हाइड्रोपावरको शेयर साउन ९ गतेदेखि खुल्ला गरेको थियो । कम्पनीले खुल्ला गरेको ४ दिनमै अर्थात साउन १२ गते आज बन्द गर्ने भएको हो ।
प्रति कित्ता १०० अंकित शेयर न्यनतम १० कित्ता र अधितम एक लाख कित्ता सम्म किन्न पाईने कम्पनीले जनाएको छ ।
कम्पनीले १० लाख ९३ हजार ७ सय ४९ कित्ता शेयर सर्वसाधारणको लागि निस्कासन गरेको थियो ।
शेयर विओको क्यापिटल मार्केट लिमिटेरबाट निष्काशन गरेको थियो ।

















