Dhulikhel Eco Banner new

महालक्ष्मी विकास बैंक मैतिदेवी शाखाले दियो मन्दिरलाई सीसी क्यामरा

5.67K
shares

काठमाडौं, १२ साउन । काठमाडौं महानगरपालिका वडा नम्बर ३० रहेको मैतिदेवी मन्दिर व्यवस्थापन समितिलाई महालक्ष्मी बैंक मैतिवेदवी शाखाले सीसी क्यामरा हस्तान्तरण गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत मन्दिर परिसरमा रहेको चियानको निगरानिका लागि रंगिन सीसी क्यामरा प्रदान गरिएको हो ।

बिहीबार एक कार्यक्रमको आयोजना गरेरे मन्दिरलाई सीसी क्यामरा उपलब्ध गराएको महालक्ष्मी विकास बैंक मैतिदेवी शाखाका शाखा प्रबन्धक ऋषिकेश नेपालले जानकारी दिए । शाखा प्रबन्धक नेपालले मन्दिर व्यवस्थाप समितिका अध्यक्ष दल बहादुर कार्कीलाई सीसी क्यामरा प्रदान गरेका हुन् । सीसी क्यामराले मन्दिर परिसरको सुरक्षाका लागि थप सहजा ल्याउने विश्वास गरिएको छ ।