Dhulikhel Eco Banner new

अमेरिकी विदेश मन्त्री लुलेको नेपाल घुम्दा बसेको प्रेम

5.94K
shares

काठमाडौं, १३ साउन । बिहीबार नेपाल आइपुगेका अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले आज नेपालका प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने छन् ।

सहायक विदेश मन्त्री लुले भने यसपालि भ्रमणमा आफ्नो प्रेमबारे भनेका छन् ।
सामाजिक सञ्जालमा अमेरिकी दूतावासले पोष्ट गरेको भिडिओमा सहायक मन्त्री लुले आफ्नो प्रेमबारे वर्णन गरेका छन् ।

सन् १९९३ मा लु पहिलो पटक नेपाल आएका रहेछन्। अमेरिकाको कूटनीतिक सेवामा भर्खरै प्रवेश गरेका लुको पोष्टिङ त्यतिबेला पाकिस्तानको पेशावरमा थियो। उनी घुमघामका लागि भारतको दार्जिलिङबाट नेपाल आए ।

‘भारतको सीमा काटेर आएपछि हामी सार्वजनिक बसमा चढ्यौं । त्यतिबेला म एकजना केटी साथीसँग आएको थिएँ। नेपाल आउँदासम्म हामी डेटिङ गइसकेका थिएनौं,’ लुले भने, ‘बस चढेर हामी जनकपुर, सौराहा गयौं ।

नेपाल घुम्दा घुम्दै उनीहरुको विवाह भएको र अहिले उनीहरु पति पत्नी भएको बताएका छन् । अमेरिकाको विदेश मन्त्रालयमा प्रवेश गरेको एक वर्षमै नेपाल आएका लु दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी सहायक विदेश मन्त्री नियुक्त भएको दुई महिना नपुग्दै काठमाडौं आएका थिए ।

‘१९९३ मा आउँदा मलाई नेपाल निकै धनी लागेको थियो । कला, संस्कृति, प्राकृतिक सम्पदाले नेपाल निकै धनी छ । यो धेरै सम्भावना भएको देश हो भन्ने मलाई लाग्छ,’ सहायक विदेश मन्त्री लुले भनेका थिए ।

चिनियाँ मूलका बुवा र अमेरिकी आमाका सन्तान लुले पाकिस्तानपछि भारतको नयाँ दिल्लीमा दुई पटक गरेर ६ वर्ष बिताए ।

भारतमा बस्दा उनले दक्षिण एसियाको भू–राजनीतिसँगै यहाँको कला, संस्कृति र सभ्यता चिन्ने मौका पाए। यो क्षेत्रमा भारतको प्रभाव पनि महशुस गरे ।