Dhulikhel Eco Banner new

शुक्रबारको शेयर कारोबार बन्द हुने

7.61K
shares

काठमाडौं, १९ साउन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) शुक्रबारको सेयर कारोबार बन्द गराउने भएको छ ।अब चाडै शुक्रबारको कारोबार बन्द हुने नेप्सेका प्रबन्धक निरन्जन फुयालले जानकारी दिएका छन् ।

सरकारले आइतवारको सार्वजनिक बिदा खारेज गरेसँगै नेप्सेले शुक्रबार पनि सेयर कारोबार सञ्चालन गर्ने निर्णय गरेको थियो । असार ३ गते यता शुक्रबार ११ बजेदेखि १ बजेसम्म सेयर कारोबार हुँदै आएको छ । तर नेप्सेले चाडैं सो व्यवस्था खारेज गर्ने तयारी गरेको उनले बताए ।

गत असारदेखि नेपालमा कारोबार ६ दिन गरिएको छ, चाडैं शुक्रबारको कारोबार हटाएर पुनस् ५ दिन सेयर कारोबार दिन कायम गर्दैछौं । बिहिवार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले काठमाडौमा आयोजना गरेको पुँजी बजारको वर्तमान अवस्था र आगामी ५ वर्षको सम्भावना बिषयक अन्तरक्रिया कार्यक्रममा उनले साे कुरा बताएका हुन् ।