ठुला कम्पनीको आईपीओ बुक बिल्डिङबाटै आउँछ : अध्यक्ष हमाल
वि.सं.२०७९ साउन १९ बिहीवार १८:०३
shares

काठमाडौं, १९ साउन । नेपाल धितोपत्रका अध्यक्ष रमेशकुमार हमालले बुक बिल्डिङ प्रविधिमा नया दुर्घटना नघटाउने प्रतिबद्धता गरेका छन् । उनले बिहिवार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले काठमाडौंमा आयोजना गरेको पुँजी बजारको वर्तमान अवस्था र आगामी ५ वर्षको सम्भावना बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष हमालले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोर्ड अध्यक्ष हमालले दुई वर्ष अघि नै कार्यान्वयनमा ल्याएको शेयर बजारको बुक बिल्डिङ प्रविधिलाई समेत सुव्यवस्थी रुपमा निरन्तरता दिने बताए । ‘बुक बिल्डङमा हिजोको दिनको दुर्घटना घट्दैन, यो बिषयमा बोर्ड सचेत छ, प्रणाली स्वच्छ र पारदर्शी रुपमा ल्याउने, थप दुर्घटना नघटाउने काम गर्न हामी काम गर्छौ,’ उनले भने ।
समस्या नआउने गरि आगामी दिनमा काम हुने उनको भनाइ छ । केही समयमै ठुला कम्पनीहरुमा सर्वसाधारणको हिस्सा हुने गरि बुक बिल्डिङबाट आइपिओ आउँछ आउने पनि उनले बताए । ‘सरकारको नीति बजेटले नै व्यवस्था गरेको रियल सेक्टरलाई पुँजी बजारमा ल्याउन लगानीलाई वर्गीकरण गरेको छ । त्यो हाम्रै इनोभेसन हो, यसै आर्थिक वर्ष भित्र हुन्छ’ उनले भने ।



















