कालिका लघुवित्तले माग्यो ठूलो संख्यामा कर्मचारी
वि.सं.२०७९ साउन २९ आइतवार १०:४८
shares

काठमाडौं, २९ साउन । कालिका लघु वित्तय वित्तीय संस्थाले विभिन्न पदमा कार्मचारी माग गरेको छ । संस्थाले सूचना जारी गरेर विभिन्न पदका लागि ८३ जना कर्मचारीका लागि आवेदन माग गरेको हो ।
संस्थाले माग गरेकामध्ये कनिष्ठ सहायक पदका लागि ६० जना, सहायक पदका लागि २० जना, अधिकृत २ जना र सहयाक प्रवन्धक १ जना गरी ८३ जनाको लागि आवेदन खुल्ला गरेको छ । कास्कीमा केन्द्रीय कार्यालय रहेको संस्थाले आवेदन माग गरेको पदका लागि भदौ १२ गतेसम्म आवेदन दिन सकिने छ ।
कनिष्ठ सहायकका लागि एसएलसी वा एसईईमा १.६ जीपीए ल्याएको हुनु पर्ने छ भने सहायक प्रबन्धकका लागि स्नातकोत्तर उत्र्तिण गरी बैंक तथा वित्तीय संस्थामा कम्तीमा ४ वर्ष वरिष्ठ अधिकृत तहमा काम गरेको हुनु पर्ने छ ।

















