नागरिकता विधेयकमा पक्ष र विपक्षमा मतदान हुने
वि.सं.२०७९ भदौ २ बिहीवार १८:४५
shares

काठमाडौं, २ भदौं । प्रतिनिधिसभामा नेपाल नागरिकता पहिलो संशोधन विधेयक, २०७९ को पक्ष र विपक्षमा मतदान हुने भएको छ । नेकपा एमालेका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले नागरिकता विधेयकमाथि प्रतिनिधिसभामा मतदान माग गर्नु भएपछि मतदान हुन लागेको सभामुख अग्निप्रसाद सापकोटाले सदनमा जानकारी गराए ।
भट्टराईले एमाले मत विभाजनमा गएर भोटिङ गर्ने पक्षमा उभिएको सदनलाई जानकारी गराउनुभएको थियो । उनले राष्ट्रप्रमुखले आठ बुदामा लेखेर पठाइएको संसद्मा छलफल गर्नुपर्ने र संशोधन गर्नुपर्ने विषयमा पहल नभएको हुँदा राष्ट्रप्रमुखले नै पुनर्विचार गर्न पठाएपछि पुनर्विचार गर्नैपर्छ भन्ने सोचका साथ मत विभाजनको माग गर्न चाहेको बताए । उनले मुलुकको हितका लागि प्रस्ताव गर्न चाहेको बताए ।



















