Dhulikhel Eco Banner new

घट्यो सुनचाँदीको मूल्य, कति पुग्यो बजार भाउ ?

3.86K
shares

काठमाडौं, ३ भदौ । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला ४०० रूपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९५ हजार ५०० रूपैयाँ र तेजावी सुनको मुल्य प्रतितोला ९५ कायम भएको छ ।

त्यस्तै, चाँदी प्रतितोला १० रुपैयाँले घटेको छ । चाँदी आज प्रतितोला ११ सय ८५ रुपैयाँ कायम भएको छ ।

विहिवार  सुनको मूल्य प्रतितोला ३०० रूपैयाँले र चाँदी प्रतितोला १५ रुपैयाँले घटेको थियो ।