Dhulikhel Eco Banner new

लिवर्टी इनर्जीले माग्यो कर्मचारी, शैक्षिक योग्यता कति ?

4.89K
shares

काठमाडौं, ३ भदौ । लिवर्टी इनर्जी लिमिटेडमा रोजगारीको अवसर खुला भएको छ । कम्पनीले लमजुङ निर्माण गरिरहेको २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी “ए” जलविद्युत आयोजनाका लागि १६ कर्मचारी माग गरेको हो ।

निर्माणको अन्तिम चरणमा पुगेको आयोजनाको लागि खटाउने गरी रिक्त ठाउँमा पदपूर्ति गर्न आवश्यक १६ कर्मचारीको कर्मचारीको माग गरिएको हो ।

कम्पनीले मर्मत सम्भार इन्चार्ज एक जना, सञ्चालन इन्चार्ज एक जना, विद्युतीय पर्यवेक्षक ४ जना, मेकानिकल इलेक्ट्रिकल फोरम्यान ७ जना रसहायक इलेक्ट्रिकल इन्जिनियर ३ जनाको लागि गत साउन २३ गते आवेदन खुलाएको हो ।

इच्छुक योग्यता पुगेका व्यक्तिले साउन २३ देखि १५ दिनभित्र बायोडाटा, नेपाली नागरिकताको प्रतिलिपी, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, पासपोर्ट साइजको फोटो सहित कम्पनीको इमेल मार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीले पदअनुसारको योग्यता पनि तोकेको छ । जसका अनुसार मर्मत सम्भार इन्चार्जको लागि सम्बन्धीत विषयमा स्नातक तह उत्तिर्ण गरी कम्तिमा पनि ५ वर्ष काम गरेको अनुभव भएको हुनुपर्नेछ ।

यस्तै, सञ्चालक इन्चार्जको लागि मेकानिकल इन्जिनियरिङ विषयमा स्नातक तह उतिर्ण गरी कम्तीमा २ वर्ष हाइड्रो पावर क्षेत्रमा काम गरेको हुनुपर्नेछ । विद्युतीय पर्यपक्षेकको लागि इलेक्ट्रीकल इन्जिनियरमा डिप्लो पूरा गरी कम्तीमा २ वर्ष काम गरेको अनुभव भएको हुनुपर्नेछ ।