वन मन्त्रालयमा नमुनाको काम गर्छु : वनमन्त्री यादव
वि.सं.२०७९ भदौ ६ सोमवार १०:१३
shares

काठमाडौँ, ५ भदौ । वन तथा वातावरणमन्त्री प्रदीप यादवले आफु वन तथा वातावरण मन्त्रालयमा मन्त्रीका हैसियतले रहदासम्म विकासको क्षेत्रमा नमुना काम गरेर देखाउने बताए ।
आइतबार नेपाल वातावरण पत्रकार समूहले आयोजना गरेको वातावरण संरक्षण दिगो विकासका वर्तमान चुनौतीहरु विषयक कार्यक्रममा बोल्दै मन्त्री यादवले आफु विकासको बाधक नभएको बताएका छन् ।
“म र मेरो मन्त्रालय विकासको बाधक होईन, म जती दिन मन्त्रालयमा रहन्छु, त्यति दिन नमुना काम गर्ने छु,” उनले भने । यसैगरी मन्त्री यादवले वन तथा वातावरण मन्त्रालय ताली खाने भन्दा पनि गाली खाने मन्त्रालय भएकाले हामीले काम गर्दा पनि गाली मिल्छ नगर्दा पनि गाली मिल्छ । “रुख काट्ने अनुमति दिउ मन्त्रीले वन विनास गर्यो, वन मारा मन्त्री आयो भनेर गाली गर्छन, रुख काट्ने अनुमति नदिउ विकास रोक्यो, विकास बिरोधी मन्त्री आयो भन्छन,” मन्त्री यादवले थपे, “हामी गाली सहेर भएपनि विकासको क्षेत्रमा नमुनाको काम गर्ने छौँ ।”
मन्त्री यादवले आम नागरिक, नागरिक समाज, विज्ञ एवम् पत्रकारहरुका राय, सुझाबका आधारमा आफुले काम गर्ने प्रतिबद्धता समेत जनाएका छन्। वन तथा वातावरणका क्षेत्रमा निश्वार्थ भवना लिएर राम्रो काम गर्नुका साथै वन क्षेत्र जोगाउनमा उल्लेख्य योगदान गरेको भन्दै मन्त्री यादवले नेपाल वातावरण पत्रकार समूह तथा पदाधिकारीहरुलाई धन्यवाद समेत व्यक्त गरेका छन् । यसैगरी हिजोका दिनमा कुन मन्त्रीले के गरे म त्यसको वास्ता गर्दिन तर म के गर्दै छु, मैले गरेको कामको असर के हुन्छ भन्ने विषयमा जानकारी लिएरमात्रै काम गर्ने र गर्दै आएको जिकिर गरे।
वन तथा वातावरणको क्षेत्रमा काम गर्ने सातवटै प्रदेशका पत्रकार साथीहरुसँग बैठक राखी आगामी दिनमा वन तथा वातावरणको क्षेत्रमा कसरी काम गर्ने र के गर्दा हाम्रो देशको वन तथा वातावरण जोखिन्छ भन्ने विषयमा योजना बनाइ काम गर्ने तयारीमा आफु रहेको समेत मन्त्री यादवले उक्त कार्यक्रममा जानकारी गराए । त्यस्तै उनले मन्त्रालय भित्र मन्त्रीले गरेका कामहरुका फाईल अगाडि नबढाउने, असहयोग गर्ने खालका कामहरु भइरहेका र त्यो विषयमा आफुले हेर्दै आएको समेत बताएका छन्। उनले भने, “गलत काम प्रति म सचेत छु, मेरो हातबाट गलत काम हुँदैन, सही काम गरेको छु भने मलाई सबैको सहयोग आवश्यक छ, असहयोग गर्ने जो सुक्कै होस त्यसलाई म त्यो ठाउँमा राख्दिन ।”
उनले वन तथा वातावरण मन्त्रालय युरोसिक्समा जानकालागि अगाडि बढी सकेको जानकारी दिए। प्रधानमन्त्री शेरबहादुर देउवाले पनि २०४५ सम्म नेपाललाई कार्वन क्रेडिटमा सून्यमा झर्ने प्रतिबद्धता जनाई सक्नु भएकाले कारर्वन क्रेडिट सून्यमा झार्न हरेक क्षेत्रमा गएर मन्त्रालयले काम गर्ने उनले जानकारी दिए । अहिलेको समयमा जलवायु परिर्वतनका क्षेत्रमा यही अवस्था रह्यो भने वन तथा वातावरण मन्त्रालयले चाडै सङ्कट कालको घोषणा गर्ने तयारीमा रहेको र क्याविनेटमा प्रस्ताव लैजाने तर मञ्जुरी दिने नदिने क्याबिनेटको हातमा रहेको समेत मन्त्री यादवले जानकारी गराए ।
वन तथा वातावरणका क्षेत्रमा थुप्रैकाम गर्न आवश्यक रहेको भएपनि आर्थिक अभावका कारण ती कामहरु गर्न नसकिएको मन्त्री यादवले बताएका छन् । उनले भने, “वातावरणका क्षेत्रमा थुप्रैकामहरु गर्नु पर्ने छ, हामीसँग बजेट अभाव छ, तैपनि मेरो दिमागले भ्याए सम्म काम गर्दै आएको छु र गर्ने छु ।















