Dhulikhel Eco Banner new

नागरिक लगानी कोषको साधारणसभा आज हुदै, नगद लाभांश प्रस्ताव पारित गर्ने

4.59K
shares

काठमाडौं, ५ भदौ । नागरिक लगानी कोषको २७ औं वार्षिक साधारणसभा आज हुँदैछ । काठमाडौं नयाँ बानेश्वरस्थित कोषको केन्द्रिय कार्यालयमा अपराह्न ३ बजे साधारणसभा शुरू हुने कम्पनीले जानकारी दिएको छ ।

सभाले ३० प्रतिशत बोनस शेयर र १ दशमलव ५७८९ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी सभाले सञ्चालक समितिमा सर्वसाधारण शेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने एक जना सञ्चालक निर्वाचन गर्ने तयारी छ ।

साधारणसभा प्रयोजनको लागि कोषले साउन २५ गते एक दिन बुक क्लोज गरिसकेको छ । यस आधारमा साउन २४ गतेसम्म कायम शेयरधनीले साधारणसभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।