Dhulikhel Eco Banner new

पेस्तोल सहित दुई जना पक्राउ

4.13K
shares

काठमाडौं, ६ भदौ । मोरङ प्रहरीले दुई वटा पेस्तोल सहति दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमो जिल्लाको सुनवर्षी नगरपालिका ८ को खरेबारीस्थि भारतीय सिमाक्षेत्रबाट दुई वटा पेस्तोल सहित सनवर्षीकै २८ वर्षिय आरिफ आलमलाई पक्राउ गरको हो ।

आलमले प्रयोग गरेको को २७ प ४०६ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका आलमलाई सशस्त्र प्रहरी बल नेपाल बीओपी सिक्टीले एउटा अटोमेटिक चाइनिज पेस्तोल त्यसको एउटा म्याग्जिन तथा एक राउण्ड गोली तथा एउटा सिक्सर पेस्तोलसहित पक्राउ गरेको हो । आलमले पेस्तोल उर्लाबारी नगरपालिका ६ का २९ वर्षिय नविन धिमालले मगाएको बताए पछि धमलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनलाई मोरङकै रतुवामाईबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

धिमालले प्रयोग गरेको को २२ प ६७०७ नम्बरको मोटरसाइकल तथा ४७ हजार ७ सय ७० नेपाली रुपैयाँ र दुई थान मोबाइल सेट समेत बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनालाई बरामद गरिएको पेस्तोल, म्याग्जिन, गोली, मोटरसाइकल, रुपैयाँ र मोबाइलसहित कारबाहीका लागि नेपाल प्रहरीमा बुझाइएको छ ।