आज सुनको मूल्यमा स्थिरता,चाँदी भने बढ्यो
वि.सं.२०७९ भदौ १० शुक्रवार ११:४१
4.08K
shares
shares

काठमाडौं, १० भदौ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । हिजो नेपाली बजारमा ५ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने स्थिर रहेको हो ।
आज छापावाला सुन ९५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । साथै आज तेजावी सुन प्रति तोला ९५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसैगरी चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलामा १० रुपैयाँले बृद्धि भई प्रति तोला १ हजार १७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

















