१७३ जनामा कोरोना संक्रमण पुष्टि
वि.सं.२०७९ भदौ ११ शनिवार १७:०२
shares

काठमाडौं, ११ भदौ । पछिल्लो २४ घण्टामा १७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी दुई हजार आठ सय ३९ जनाको नमूना परीक्षण गर्दा एक सय ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ३९६ जना कोरोना संक्रमण मुक्त भएको मन्त्रालले जनाएको छ । कोरोना भाइरसको संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि ज्यान गएको छैन् । अहिले नेपालमा ३ हजार ६ सय १२ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा ४७ हजार एक सय ५२ जनाले कोरोना विरुद्धको खोप लगाएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

















