Dhulikhel Eco Banner new

यसरी हेर्न सकिन्छ कक्षा १२ को नतिजा

4.68K
shares

काठमाडौं, १४ भदौ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को परीक्षाफल मंगलबार सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डले गएको जेठ १६ देखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो ।

प्राविधिक कठिनाइ नभए आज बेलुकासम्म नतिजा सार्वजनिक गर्ने गरी तयारी भइरहेको र अहिले नतिजाको अन्तिम रुजु गर्ने काम चलिरहेको बोर्डले जनाएको छ ।

नतिजा सार्वजनिक गर्नुअघि दिउँसो तीन बजे बोर्ड बैठक बस्नेछ । कक्षा १२ को परीक्षामा यसवर्ष झन्डै चार लाख विद्यार्थी सहभागी भएका थिए ।

यसरी हेर्न सकिन्छ नतिजा

कक्षा १२ को नतिजा ल्याण्डलाइन र मोबाइलबाट १६०१ डायल गरेर, १६०० मा एसएमएस गरेर र एनटीसीको वेबसाइटबाट पनि थाहा पाउन सकिनेछ ।