Dhulikhel Eco Banner new

सुर्खेतमा खुल्यो बीमा समितिको प्रादेशिक कार्यालय

5.11K
shares

काठमाडौं, १६ भदौ । नेपालमा पहिलो पटक बीमा समितिको कार्यालय प्रदेशस्तरमा उद्घाटन गरिएको छ । अर्थमन्त्री जनार्दन प्रमुख आतित्थ्यमा कर्णाली प्रदेशमा बीमा समितिको कार्यालय शुभारम्भ भएको हो । बीमा समितिले एक भव्य कार्यक्रमका विचमा पहिलो प्रादेशिक कार्यालयको शुभारम्भ गरेको छ ।

औपचारिक रुपमा आाज सुरु भए पनि समितिले गत असार एक गतेदेखि नै उपनिर्देशक पदम सोडारीको नेतृत्वमा कार्यालय सञ्चालनमा ल्याएको थियो । तर औपचारिक रुपमा भने आजदेखि शुभारम्भ भएको छ ।

कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल, कार्यकारी निर्देशक राजुरमण पौडेल, नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्री लगायतको उपस्थिति थियो । यो कार्यालय औपचारिक रुपमा पहिलो उद्घाटन भएको पहिलो कार्यालय हो ।

प्रादेशिक कार्यालयले कर्णाली प्रदेशभरिका अभिकर्तालाई लाइसेन्स दिने तथा तालिम दिनेछ । त्यस्तै सर्भेयरको लाइसेन्स नविकरण पनि गर्न पाउनेछ । बीमितले प्रादेशिक कार्यालयमा आफ्ना गुनासो राख्न पाउनेछन् । उनिहरुको गुनासोलाई प्रादेशिक कार्यालयले नै सहजिकरण गर्न पाउनेछ ।