Dhulikhel Eco Banner new

हिमाल दोलखा हाइड्रोपावरमा पाँच संचालक निर्वाचित

6.02K
shares

काठमाडौं, २१ भदौ । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडमा पाँच जना सञ्चालक निर्वाचित भएका छन् ।

कम्पनीको भदौ १९ गते सम्पन्न वार्षिक साधारणसभाबाट पाँच जना सञ्चालक निर्वाचित भएका हुन् । निर्वाचित हुनेमा संस्थापक शेयरधनी समूहबाट रञ्जना दहाल, जितेन्द्र श्रेष्ठ र राजन श्रेष्ठ निर्वाचित भएका हुन् ।

त्यसैगरी सर्वसाधारण शेयरधनीहरूबाट बिनोद बालाखे र श्यामनाथ कायस्थ निर्वाचित भएको कम्पनीले नेप्से मार्फत जानकारी दिएको हो ।