झिनो अंकले घट्यो शेयर बजार, कारोबार भने बढ्यो
वि.सं.२०७९ भदौ २३ बिहीवार १५:१५
shares

काठमाडौं, २३ भदौ । साताको पाचौं कारोबारको दिन नेप्से परिसुचक २ दशमलव १३ अंकले घटेको छ ।
हिजो ११ अंकले घटेको नेप्से आज भने सामान्य अंकले ओरालो लागेको छ । बिहिबार नेप्से परिसुचक शुन्य दशमलव ११ प्रतिशतले घटेर १९३७ दशमलव ७४ बिन्दुमा रोकिएको छ ।
नेप्से परिसुचकसँगै ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि शुन्य दशमलव ५४ अंकले घटेको छ ।
आज दिनभर भएका २२ हजार १ सय ७५ कारोबारबाट २२७ कम्पनीका ३४ लाख १ हजार ६ सय ९२ कित्ता शेयर किनबेच भएका छन् ।
हिजोको तुलनामा आज भने कारोबार भने बढेको छ । आज दिनभर भएका सम्पूर्ण कारोबारबाट आजको कारोबार रकम १ अर्ब ४ करोड ४३ लाख ७९ हजार ६ सय पुगेको छ ।















