GBIME

नेक्सजेन म्यानेजमेन्टमा जागिर खुल्यो, प्लस टूदेखि एम ए गरेकासम्मलाई अवसर

1.01K
shares

काठमाडौं, २४ भदौ । नेक्सजेन म्यानेजमेन्ट कम्पनीले प्रमुख कार्यकारी अधिकृतदेखि देखि विभिन्न तहका कर्मचारीका लागि आवेदन माग गरेको छ । बैंक तथा बीमा क्षेत्रका अनुभवी व्यक्तिहरुद्वारा सञ्चालनमा आउन लागेको यस कम्पनीले इच्छुकलाई ३१ भदौसम्म आफ्नो वायोडाटा पठाउन अनुरोध गरेको छ ।

कम्पनीमा सीईओका लागि आवेदन दिन सीए वा एमबिए अध्ययन हुनपर्नेछ । सीईओका लागि तलब आपसी सहमतिमा टुंगाइने कम्पनीले जानकारी दिएको छ । यसैगरी मार्केटिङ म्यानेजरका लागि एमबिए अध्ययन गर्नेहरुले आवेदन दिन सक्नेछन् ।

अफिस एक्ज्युकेटिभका लागि बिकम वा बीए गरेकाले आवेदन दिन सक्नेछन् भने प्लस टू मात्रै गरेकाले समेत कस्टुमर केयर पदमा आवेदन दिन सक्नेछन् । कम्पनीले मार्केटिङ म्यानेजरका लागि ४० हजार भन्दा माथि तलब हुने बताएको छ भने अफिस एक्ज्युकेटिभका लागि २५ हजार भन्दा माथि र कस्टुमर केयरकाका लागि २५ हजार भन्दा माथि शुरुवाती तलब हुने जानकारी दिएको छ ।

इच्छुकले आगामी भदौ ३१ गतेभित्रमा कम्पनीको इमेल [email protected] मा सीभी पठाइसक्नु पर्नेछ ।