Dhulikhel Eco Banner new

दशैं लक्षित जुत्ता मेला– पुरानो लिएर जानुस्, नयाँ लिएर आउनुस्

11.95K
shares

पुरानो जुत्तासँग नयाँ जुत्ता साट्न पाउने आकर्षक अफरसहित काठमाडौको पुतलीसडक पद्मोदय मोडमा चर्चित नेपाली ब्रान्डका ‘दशैं जुत्ता एक्सचेञ्ज मेला’ शुरु हुने भएको छ ।

काठमाडौं पुतलीसडकबाट प्रदर्शनीमार्गतिर मोडिने वित्तिकैको पद्मोदय मोड ट्राफिक विटसँगै नेपालका प्रख्यात ब्राण्डका जुत्ताहरुको दशैं एक्सचेञ्ज मेलामा जुनसुकै ब्राण्डका पुराना जुत्ता ल्याएर नयाँ जुत्ता साट्न पाइनुका साथै प्रत्येक पुरानो जुत्ताको ५ सय रुपैया मुल्यांकन गरेर त्यसमा अझ २५ प्रतिशत छुटसहित नयाँ जुत्ता दिइने आकर्षक अफर रहेको आयोजकले जानकारी दिएका छन ।

नेपाली उपभोक्तालाई नयाँ नयाँ जुत्ता लगाउन प्रेरित गर्न र उपभोक्तालाई दशैंमा नयाँ जुत्ता उपलब्ध गराउनका लागि एक्सचेञ्ज मेला आयोजना गरिएको मेला आयोजक प्रमोद महतोको भनाई छ । ‘यसअघि पनि पटक–पटक यस्ता मेला आयोजना गर्दा उपभोक्ताहरुको व्यापक चासो र भिड देखिएकाले अहिले फेरि एक्सचेञ्ज मेला आयोजना गरिएको हो’ आयोजक महतोको भनाई छ ।

दशैं एक्सचेञ्ज मेलाका लागि नै भनेर जुत्ता कम्पनीले १ सय ५० भन्दा बढि नयाँ र लेटेस्ट डिजाइनका जुत्ता लन्च गरेका छन । नेपाली उपभोक्तालाई आफ्नो ब्राण्डको जुत्ता लगाउने वानी बसाल्नका लागि यस्तो आकर्षक अफर ल्याएको र जुत्ताको बजार मुल्य अनुसार नै छुट दिइएकाले उपभोक्तालाई फ्याक्ट्रीको उत्पादन लागत भन्दा सस्तो मूल्यमै नयाँ जुत्ता उपलब्ध हुने अर्का आयोजक जीवन श्रेष्ठको भनाई छ ।

स्वदेशमा बनेका जुत्ताचप्पलले नेपालीहरुको मन जितिरहेको अवस्थामा अझ नेपाली उपभोक्तालाई आकर्षित गर्नका लागि एक्सचेञ्ज मेला सार्थक हुने आयोजकको भनाई छ ।

जुत्ता एक्सचेञ्ज मेलामा केटिएम सुज र भेनस सुजका नयाँ नयाँ डिजाइनका जुत्ता राखिएका छन् । हरेक ब्राण्डका जुत्तामा कम्तिमा ६ महिनाको वारेण्टी रहेको छ ।
तपाई पनि यो दशैंमा नयाँ जुत्ता लगाउने हो भने पद्मोदयमोड पुतलीसडकमा रहेको दशैं एक्सचेञ्ज मेलामा जानु होला ।