ग्लोबल कायस्थको आयोजनामा आइतबार वृहत रक्तदान कार्यक्रम हुँदै
वि.सं.२०७९ भदौ २४ शुक्रवार २२:१९
shares

काठमाडौं, २४ भदौ । ग्लोबल कायस्थ सम्मेलन नेपालले इनर ह्वील क्लब अफ बालाजुसँगको समन्वयमा बृहत् ‘रक्तदान’ कार्यक्रम गर्दै छ । काठमाडौंको कीर्तिपुर–२, इशानेश्वर महादेव मन्दिर परिसरमा यही भदौ २६ गते आइतबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म रक्तदान कार्यक्रम हुने जीकेसी नेपालका अध्यक्ष डा। पुनम कर्णले जानकारी दिइन् ।
रगतको अभावमा परेका अरुको ज्यान बचाउने गरी यस कार्यक्रममा सहभागी हुन र कार्यक्रमलाई सफल बनाउन उनले सबैमा अनुरोध गरेकी छिन् । रक्तदानबाट लाखौंको जीवन बचाउन सकिने भन्दै यस रक्तदान कार्यक्रमको हिस्सा बन्न र यसलाई सफल बनाउन डा। कर्णको निमन्त्रणा छ ।
स्वामी विवेकानन्दले सिकागोमा विश्व धर्म सम्मेलन १८९३ मा विजय दिवसको रुपमा सबैभन्दा लोकप्रिय भाषण दिएका थिए । सोही दिनको अवसर पारेर उक्त कार्यक्रमको आयोजना गर्न लागिएको हो । देशविदेशमा बस्ने कायस्थ समाजमा स्वामी विवेकानन्द एक आदरणीय अग्रजको रुपमा रहँदै आएका छन् ।

















