Dhulikhel Eco Banner new

सुनसरी क्षेत्र नम्बर ३(क) मा युवा सञ्चार उद्यमी कार्कीको नाम सिफारिस

7.85K
shares

सुनसरी । नेकपा एमालेले आसन्न प्रदेश सभा सदस्य निर्वाचनको लागि सुनसरीको क्षेत्र नं ३ (क) बाट युवा सञ्चार उद्यमी, सामाजिक अभियान्ता विष्णु (समिर) कार्कीको नाम सिफारिस गरेको छ । पार्टीले जनभावना अनुसार युवा नेताहरुलाई अगाडि सार्ने रणनीति लिदै युवा उद्यमी कार्की सहितको नाम सिफारिस गरेको हो ।

बिगत लामो समयदेखि सुनसरीको इटहरीमा युवा लक्षित टेलिभिजन एरिना टेलिभिजन संचालन गर्दै युवाहरुलाई व्यक्तित्व बिकासको लागि अवसर दिदै आइरहेका कार्कीले टेलिभिजन बाहेक पनि अन्य उद्योगहरु समेत संचालन गर्दै आइरहेका छन् ।

युवाहरुको नेतृत्व विकास, प्रतिभा प्रस्फुटनमा समेत उत्तिकै योगदान दिँदै आएका कार्की राजधानी सरोकार समाजका सहसंयोजक भएर इटहरीमा प्रदेशको राजधानी बनाउने अभियानमा पनि यस अघि सक्रिय थिए ।

युवाहरुको विच लोकप्रिय रहेका कार्कीले सुनसरीमा खेलकुदको विकासका लागि महत्त्वपूर्ण योगदान दिएका छन् । उनले इटहरीमा रात्रीकालीन क्रिकेट र फुटबल प्रतियोगिताको समेत आयोजना गर्दै आएका छन् ।

शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा समेत उनले असंख्य कामहरु गरी जनताबिच स्थापित छन् ।

देशभर जनताले नयाँ अनुहार र युवा नेतृत्वको माग गरिरहेको सन्दर्भमा सुनसरीको क्षेत्र नं ३ (क) बाट कार्कीलाई एमालेले प्रदेश सांसदमा सिफारिस गरिरहदा सँगै लिलम बस्नेत र रोहित बहादुर कार्की पनि उक्त सिफारिसमा रहेको संयोजक उमेश पौडेलले जानकारी दिए ।