Dhulikhel Eco Banner new

आर्थिक रुपान्तरणको लागि सहकारी आवश्यकता छ : नेता नेपाल

7.75K
shares

काठमाडौँ, २९ भदौ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशको आर्थिक रुपान्तरणका लागि सहकारीको आवश्यकता रहने बताएका छन् ।

समाजवादी सहकारी नेपालको घोषणा कार्यक्रममा आज नेता नेपालले गाउँगाउँमा रहेको साना पुँजीलाई एकीकृत र परिचालन गरी आर्थिक रुपान्तरणका लागि सहकारीको ठूलो योगदान रहने बताए ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले भने, “पछिल्लो समय सहकारीको नाममा ठगी गर्ने गिरोह बढिरहेकाले त्यसलाई अनुगमन गरी कारबाहीको प्रक्रियामा ल्याउनुपर्छ ।” हाल देशमा करिब ३५ हजार सहकारी रहेको जानकारी दिँदै उनले भने, “जसमा ८७ लाखभन्दा बढी मानिस कुनै न कुनै रुपबाट जोडिएका छन् ।” पछिल्लो समय सहकारी क्षेत्रमा देखा परेका विकृतिको पहिचान गरी सकारात्मक तरिकाबाट अघि बढ्नु अहिलेको चुनौती रहेकोमा उहाँको जोड थियो ।

सहकारीले जनतालाई सङ्गठित गर्न सफल भएजस्तै त्यसको प्रभावकारी अनुगमन गर्न पनि त्यत्तिकै आवश्यकता रहेको बताए । संस्थाका अक्ष्यक्ष नवराज अर्यालले समाज रुपान्तरणको बलियो आधार सहकारी रहेको बताउनुभयो । संस्थामा आजनै ७७ सदस्यीय केन्द्रीय कमिटी गठन गरिएको छ ।