शेयर बजारमा ३८ अंकको पहिरो
वि.सं.२०७९ असोज ४ मंगलवार १५:१४
shares

साताको तेस्रो कारोबारको दिन पनि शेयर बजारमा पहिरो नै गएको छ । आज नेप्से परिसुचक ३८ दशमलव ८१ अंकको गिरावट आएको छ ।
मंगलबार नेप्से परिसुचक २ दशमलव शुन्य ७ प्रतिशतले घटेर १८३७ दशमलव ६० बिन्दुमा रोकिएको छ ।
नेप्से परिसुचकसँगै ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ७ अंकले ओरालो लागेको छ ।
आज दिनभर भएका ३० हजार १ सय ३५ कारोबारबाट २३१ कम्पनीका ३८लाख ५६ हजार ५ सय ३८ कित्ता शेयर किनबेच भएका छन् ।
जसबाट आज भएकोे सम्पूर्ण कारोबार रकम १ अर्ब २२ करोड ९६ लाख ६९ हजार ७ सय २२ पुगेको छ ।
कारोबारका आधारमा हिमालय डिस्टिलरी शीर्ष स्थानमा छ । सो कम्पनीको रु पाँच करोड ६५ लाख ३३ हजार आठ सय २९ बराबरको कारोबार भयो । रिडी हाइड्रो पावर पाँच करोड ३५ लाख १३ हजार सात सय ४९, नवील बैंक चार करोड ७३ लाख ६५ हजार एक सय ८०, अरुण काबेली पावर तीन करोड २६ लाख दुई हजार सात सय ५८ र अपि पावर कम्पनी रु तीन करोड भार लाख ३७ हजार पाँच सय ७९ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।
नेप्सेका अनुसार, स्वाभिमान लघुवित्त तीन दशमलव ९२, एनएमबी–५० तीन दशमलव ८७, आर्दश लघुवित्त दुई, तेह्रथुम पावर कम्पनी एक दशमलब ९१ र सिभिल लघुवित्तका लगानीकर्ताले एक दशमलव ३८ प्रतिशतले कमाएका छन् ।
यस्तै कालिका पावरको शेयर मूल्यमा १० प्रतिशतले गिरावट देखिएपछि नकारात्मक सर्किट लागेको छ । बरुण हाइड्रोपावर आठ दशमलव १९, ग्रीन डेभलपमेन्ट बैंक सात दशमलव ९४, समृद्धि फाइनान्स छ दशमलव ७२ र अप्पर सोलु हाइड्रोपावरका लगानीकर्ताले छ दशमलव ५६ प्रतिशतले गुमाएका छन् ।















