Dhulikhel Eco Banner new

सहकारीले गाईलाई सुत्केरी भत्ता दिने

7.28K
shares

काठमाडौं ८ असोज । काठमाडौंको कागेश्वरी दुग्ध उत्पादन सहकारी सस्थाले गाईलाई सुत्केरी भत्ता दिने निर्णय गरेको छ । संस्थाको शनिबार सम्पन्न १५ औं सााधारण सभाले पारित गरेको भावि कार्ययोजना अन्तर्गत सुत्केरी गाईलाई १ हजार रुपैयाँका दरले भत्ता दिने प्रस्ताब पारित गरेको हो ।

संस्थाले १३ बुँदे भावि कार्ययोजना सहित आफ्नो साधारण सभा सम्पन्न गरेको छ । त्यस्तै साधारणसभाले शेयर धनी किसानलाई ३ लाख सम्मको दुर्घटनामा बिमा, निशुल्क पशु बिमा, दुग्ध उद्योग सञ्चालन, दुग्ध संकलन केन्द्र बिस्तार घाँस खेती कार्यक्रम, सुलभ कृषि कर्जाको व्यबस्था, दुधमा अनुदान, शेयर सदस्यको मृत्युमा राहत वितरण, उत्कृष्ट किसानलाई पुरस्कार जस्ता कार्यक्रम अघि सारेको छ ।

२९० जना शेयरधनी रहेको यस संस्थाका सदस्यहरुले प्रतिदिन १ हजार लिटर दूध संकल गर्दै आएका छन् । संस्थाका सचिव राजकुमार चौलागाईंले सञ्चालन गरेको कार्यक्रममा वडा अध्यक्ष मुकुन्द गजुरले तथा पत्रकार महासंघ काठमाडौं शाखाका अध्यक्ष सूर्य सुवेदीले शुभकमना व्यक्त गरेका थिए । कार्यक्रम रविशरण थापाको सभापतित्वमा सम्पन्न भएको हो ।