Dhulikhel Eco Banner new

किसानलाई प्राङ्गारिक मल बनाउन तालिम

4.51K
shares

काठमाडौं, १४ असोज । गोरखाको शहीद लखन गाउँपालिकाले पालिकाभित्रका अगुवा किसानलाई प्राङ्गारिक मल बनाउने तालिम प्रदान गरेको छ ।

गाउँपालिकाको अर्गानिक उत्पादन प्रवद्र्धन कार्यक्रमअन्तर्गत पालिकाभित्रका ७१ अगुवा किसानलाई तालिम दिएको गाउँपालिका अध्यक्ष रमेशबाबु थापामगरले जानकारी दिए ।

“रासायनिक मलको प्रयोगबिना गाउँमा खेतीपाती नै नहुनेजस्तो अवस्था भइसक्यो”, उनले भने, “स्थानीय सरकारले अब किसानलाई प्राङ्गारिक मलको प्रयोग गर्न प्रेरित गर्नुपर्छ भन्ने उद्देश्य तालिम सञ्चालन गरिएको हो ।”

तालिम तथा अभिमुखीकरण कार्यक्रममा पालिकाभित्रका नौ वटै वडाका अगुवा किसानको समेटिएको उनले भने ।

रासायनिक मलको प्रयोग बढ्दै जाँदा माटो पनि बिग्रंदै जाने र उत्पादनसमेत विस्तारै घट्दै जाने अवस्था आएको भन्दै गाउँपालिकाले कृषकलाई प्राङ्गारिक मलको प्रयोगमा जोड दिन तालिम सञ्चालन गरेको गाउँपालिका अध्यक्ष थापामगरले बताए ।

“रासायनिक मलको क्षणिक उत्पादन दिए पनि दीर्घकालीन रुपमा यसको प्रयोग फाइदाजनक हँुदैन, उनले भने, “अब अर्गानिक उत्पादन बढाउन रासायनिक मलको प्रयोगलाई घटाउँदै प्राङ्गारिक मलको प्रयोगमा प्रोत्साहन गर्न खोजिएको छ ।

” तालिममा एग्रीटेक मल्टीनेशल प्रालिका सञ्चालक डा विष्णुबहादुर थापाले किसानलाई प्राङ्गारिक मल बनाउने विधि र प्रयोग गर्ने तरिकाका बारेमा जानकारी गराएका थिए ।
तालिममा सहभागी किसानले तालिमबाट सिकेको कुरालाई व्यवहार लागू गर्ने बताएका छन् ।