गाडी आयातमा लगाएको प्रतिबन्ध हटाउन नाडाको आग्रह
वि.सं.२०७९ असोज २४ सोमवार १९:०८
shares

काठमाडौं, २४ असोज । नाडा अटोमोबाइल एसोसियसनले गाडी आयात प्रतिबन्ध नलब्याउन सरकारसँग माग गरेको छ । सरकारले विदेशी मुद्रा सञ्चितिमा दबाव परेको भन्दै गत वैशाखदेखि विभिन्न बस्तु आयतमा रोक लगाउँदै आएको छ । हाल सरकारले असोज २८ गतेसम्मको लागि निजी प्रयोजनका कार जीप भ्यान र १५० सिसी भन्दा माथीका दुई पाँग्रे सवारी साधनहरु आयात गर्न प्रतिबन्ध लगाएको छ ।
नाडाले आयात प्रतिबन्ध लम्बिदै जाँदा अटो मोबाइल व्यवसाय ठप्प हुने बताएको छ । सोमबार एक विज्ञप्ती जारी गर्दै नाडले प्रतिवन्धलाई थप नलब्याउने वातावरण सृजना गर्न सरकारलाई आग्रह गरेको हो । नाडले हाल विदेशी मुद्रा संचिति लगायत धेरै आर्थिक सुचकाङ्कहरु सकारात्मक अवस्थामा पुगेको भन्दै राजश्वमा झण्डै २५ प्रतिशत योगदान पुर्याउने नेपालको अटोमोवाइल क्षेत्रलाई जिवित राख्न पनि आयात प्रतिबन्ध खुलाउने पर्ने बताएको छ ।
‘खर्बोको लगानी तथा लाखौँलाई रोजगारी प्रदान गरेको अटोमोवाइल व्यवसाय आज सरकारको उक्त अदुरदर्शी नीतिका कारण धरासायी हुने अवस्थामा पुगेको छ’ विज्ञप्तीमा भनिएको छ । यो क्षेत्रबाट सरकारलाई झण्डै ३९ अर्ब योगदान गरेको छ । कार, जीप र भ्यान जस्ता निजी प्रयोजनका सवारी साधनहरुको आयातमा लागेको प्रतिबन्ध फुकाउन सरकारसँग माग गरेको छ ।



















