डेङ्गीबाट मृत्यु हुनेको संख्या ४४ पुग्यो, कोरोनाका सक्रिय संक्रमितको संख्या ५६९
वि.सं.२०७९ असोज २४ सोमवार १९:४४
shares

काठमाडौं, २४ असोज । डेङ्गी संक्रमणका कारण ४४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएको साउनदेखि अहिलेसम्म ३३ हजार ९७५ जनामा डेङ्गी संक्रमण पुष्टि भएको र ४४ जनाको मृत्यु भएको हो ।
अहिलेसम्म सातै प्रदेशका ७६ जिल्लामा डेङ्गी फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसैबीच पछिल्लो २४ घण्टामा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक हजार पाँच सय ४६ जनाको नमुना परीक्षण गर्दा २७ जनामा संक्रमण पुष्टि भएको हो । यही अवधिमा २६ जना संक्रमित निको भएका छन् । अहिले सक्रिय संक्रमितको संख्या ५६९ रहेको मन्त्रालले जनाएको छ ।
अहिलेसम्म नेपालमा ९ लाख ९९ हजार ९११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ लाख ७८ हजार ३२४ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म १२ हजार १८ जनाको कोरोनाका कारण ज्यान गएको मन्त्रालयले जनाएको छ ।



















