Dhulikhel Eco Banner new

एनसीसी बैंकले गर्यो ११ प्रतिशत लाभांश प्रस्ताव

4.81K
shares

काठमाडौं, ३० असोज । नेपाल क्रेटिड एण्ड कमर्स (एनसीसी) बैंकले आव २०७८/७९सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले ३ दशमलव ३६६३ प्रतिशत बोनस शेयर र ७ दशमलव ६३३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव नेपाल राष्ट्रबैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।

कम्पनीको असोज २९ गते बसेको सञ्चालक समितीको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले आव २०७७/७८सम्मको मुनाफाबाट शेयरधनीलाई ८ प्रतिशत बोनस शेयर र शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश वितरण कर प्रयोजनको लागि वितरण गरेको थियो । हाल कम्पनीको शेयर कारोबार रोक्का रहेको छ ।

कुमारी बैंक र यस एनसीसी बैंक एक आपसमा मर्जरमा जाने सम्झौता गरेसँगै शेयर कारोबार रोक्का भएको हो ।