Dhulikhel Eco Banner new

‘भिजिट भिसामा गएर समस्यामा परियो भन्नु हाँस्दा स्वास्थ्य राम्रो हुन्छ भनेर आईसीयुको मानिसलाई काउकुती लगाएजस्तो हो’ (भिडियो सहित)

6.24K
shares

काठमाडौं, ३१ असोज । गैर आवासिय नेपाली संघ (एनआरएनए) युएईका सचिव निराजन खत्रीले घुम्न गएर उतै काम गर्न खोज्दा समस्या आउने गरेको बताएका छन् । केटिएम भ्वाइससँगको कुराकानीका क्रममा सचिव खत्रीले जाने बेलामा आफ्नै ढंगले जोन अनि दुःख पाएपछि सरकारले सबै जिम्मेवारी लिइदिनु पर्ने भन्ने सोचाइ रहेको बताएका हुन् ।

‘स्वास्थ्य राम्रो हुन्छ भनेर आईसीयुको मानिसलाई काउकुती लगाएर हँसाउनु जस्तै हो भिजिट भिसामा गएर समस्यामा परियो भन्नु,’ उनले भने । भिजिट भिसामा जानेहरु विदेशमा गएर काम गर्न खोज्नेभन्दा पनि गएर फर्किनु पर्ने उनको भनाइ छ ।

नेपालीहरु बढी बाठो बन्न खोज्दा पनि यस्तो समस्या आएको उनले बताए । भिजिट भिसाको समस्या नआउनका लागि जाने व्यक्ति नै सचेत हुनु पर्ने उनको भनाइ छ ।

भिडियो