इमर्जिङ्ग नेपालको कम्पनी सचिवमा रमेश बेल्वासे नियुक्त
वि.सं.२०७९ कात्तिक २ बुधवार १४:२०
4.06K
shares
shares

काठमाडौं, २ कात्तिक । इमर्जिङ्ग नेपाल लिमिटेडको कम्पनी सचिवमा रमेश बेल्वासे नियुक्त भएका छन् ।
कम्पनीको ७१औं सञ्चालक समितिको बैठकले कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत बेल्बासेलाई इमर्जिङ्ग नेपाल लिमिटेडको कम्पनी सचिवमा नियुक्त गरेको हो ।
बैंठकले कम्पनीको सहायक कम्पनी होटल एलिस द वण्डर इन लिमिटेडको सञ्चालकमा समेत बेल्बासेलाई सिफारिस गरेको जनाएको छ ।

















