Dhulikhel Eco Banner new

एनसीसी बैंकको शेयरमुल्य समायोजन

4.25K
shares

काठमाडौं, १४ कात्तिक । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नेपाल क्रेटिड एण्ड कमर्श बैंक (एनसीसी) को शेयर मूल्य समायोजन गरेको छ । नेप्सेले कम्पनीले प्रस्ताव गरेको ३ दशमलव ३६६ प्रतिशत बोनस शेयर प्रयोजनको लागि मूल्य समायोजन गरेको हो ।

नेप्सेले पछिल्लो कारोबारको अन्तिम शेयर मूल्य १८४ को आधारमा मूल्य समायोजन गरेको हो । समायोजनपछि नेप्सेले कम्पनीको शेयर मूल्य १७८ दशमलव ०१ तोकेको छ ।

कम्पनीले साधारण सभा र लाभांश प्रयोजनको लागि मंगलवार बुक क्लोज गरेसँगै सोमवार मूल्य समायोजन भएको हो । कम्पनीले आव २०७८/७९सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई ३ दशमलव ३६६ प्रतिशत बोनस शेयर र ७ दशमलव ६३३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

यो प्रस्ताव पारितका लागि कम्पनीले मंसिर ८ गते साधारण सभा बोलाएको छ । साधारणसभा काठमाडौं, कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने कम्पनीले जनाएको छ ।

एनसीसी र कुमारी बैंक मर्जरमा जाने सहमति भएसँगै दोस्रो बजारमा असोज ११ गतेदेखि शेयर कारोबार रोक्का छ । यस आधारमा असोज ९ गतेसम्म कायम शेयरधनीले साधारणसभामा भाग लिन र लाभांश पाउनेछन् ।