GBIME

शेयर बजारमा सामान्य सुधार, कारोबार रकम १ अर्ब नाघ्यो

1.39K
shares

काठमाडौं, १६ कात्तिक । साताको चौंथो कारोबारको दिन नेप्से परिसुचक ७ दशमलव ३२ अंकले वृद्धि भएको छ । बुधबार नेप्से परिसुचक शुन्य दशमलव ३८ प्रतिशतले वृद्धि भई १९३८ दशमलव ३० को विन्दुमा पुगेको हो ।

नेप्से परिसुचकसंगै ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि शुन्य दशमलव ३८ अंकले उकालो लागेको छ ।

आज दिनभर भएका २९ हजार ४७ कारोबारबाट २२७ कम्पनीका ४३ लाख ४६ हजार ७ सय ८ कित्ता शेयर किनबेच भएका छन् ।

जसबाट आज दिनभर भएको कारोबार रकम १ अर्ब ४६ करोड ७९ लाख १४ हजार ८ सय ७५ पुगेको छ ।