Dhulikhel Eco Banner new

नागरिक दैनिकलाई सोधिएको स्पष्टीकरणको फिर्ता लिन काउन्सिलाई आग्रह

5.07K
shares

काठमाडौं, १६ कात्तिक । नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश, कार्टुनिष्ट क्बलले नागरिक दैनिकलाई सोधिएको स्पष्टीकरण फिर्ता लिन प्रेस काउन्सिल नेपाललाई आग्रह गरेको छ । यही कात्तिक ३ गतेको अंकमा प्रकाशन भएको ‘कल केपीबा!’ शिर्षकको कार्टुनलाई लिएर काउन्सिलले नागरिक दैनिकलाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो । त्यसको अवेज्ञ गर्ने भन्दै महासंघ एसोसिएट प्रदेश, कार्टुनिष्ट क्लब तथा नागरिक दैनिकले त्यो स्पष्टीकरण फिर्ता लिनका लागि आग्रह गरेका हुन् ।

यी संस्थाले संयुक्त विज्ञप्ति जारी गर्दै प्रेस काउन्सिल नेपालको २४ घण्टे स्पष्टीकरणप्रति आपत्ति जनाउँदै फिर्ता लिनका लागि आग्रह गरेका छन् । विज्ञप्तिमा पत्रकार आचारसंहिताको पूर्ण पालना गरी प्रकाशन भएको कार्टुनलाई काउन्सिलले कुनै व्यक्तिको लहडमा लागि नागरिक दैनिकलाई पत्र लेखेको ठहर गरिएको छ ।

प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतलाई भेटी तिनै संस्थाका प्रतिनिधीले काउन्सिलको पत्रको अवज्ञा गर्दै निर्णय फिर्ता लिन आग्रह समेत गरेका छन् । उक्त आग्रहलाई अध्यक्ष बस्नेतले पनि स्वीकार गरी कार्टुन विधा एक महत्वपूर्ण विधा भएको भन्दै आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

विज्ञप्ति अनुसार कार्टुन प्रकाशन भएको विषयलाई लिएर प्रेस काउन्सिल नेपालले नागरिक दैनिकका सम्पादकलाई २४ घण्टे स्पष्टीकरण सोध्नु संविधान प्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्ध हो। पत्रकार आचारसंहिता पालनामा हामी तीनै संस्था गम्भीर रहेको प्रष्ट पार्दै आगामी दिनमा यस्ता घटना नदोहो¥याउन प्रेस काउन्सिल नेपालसँग अनुरोध गरिएको छ ।

नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेल, कार्टुनिष्ट क्लब अफ नेपालका महासचिव रबि मिश्र र नेपाल पत्रकार महासंघ, एसोसिएट प्रदेशका महासचिव रोयल आचार्यले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन् ।