११.२५ प्रतिशत ब्याजदर दिने ग्लोबल आइएमई डिबेन्चर आउदै
वि.सं.२०७९ कात्तिक २० आइतवार १८:१४
shares

काठमाडौं, २० कात्तिक । ग्लोबल आइएमई बैंक लिमिटेडेले “ग्लोबल आइएमई डिबेन्चर २०८४.८५” ५ अर्ब बराबरको डिबेन्चर ११.२५% व्याज सहित पाँच वर्षको लागि निष्काशन गर्न सम्झौता भएको छ ।
निष्काशन तथा बिक्री प्रबन्धकमा सन्राइज क्यापिटल लिमिटेड, कमलपोखरी काठमाण्डौंलाई नियुक्त गरिएको छ ।
उक्त कार्यको लागि ग्लोबल आइएमई बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्न राज बज्राचार्य र सन्राइज क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठका बीच ग्लोबल आइएमई बैंक लि., कमलादी, काठमाण्डौंमा डिबेन्चर शेयर निष्काशन गर्ने सम्झौता गरेको छ ।















