सिटिजन्स बैंकले सुरु गर्यो ‘सिटिजन्स साथिको च्याटबट’ सेवा
वि.सं.२०७९ कात्तिक २२ मंगलवार १८:४४
shares

काठमाडौं, २२ कात्तिक । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सेवाहरु डिजिटलाइज गर्ने क्रममा ग्राहकहरुका लागि वेबसाइट मार्फत च्याटबट सेवा-सिटिजन्स साथिको’ शुभारम्भ गरेको छ ।
यस नवीनतम सेवा मार्फत अब ग्राहकहरूले कुनै पनि बैंकिङ्ग सेवाहरूको अनुरोध सिधै च्याटबट सेवा ( सिटिजन्स साथि द्वारा गर्न सक्नेछन् ।
साथै ग्राहकहरूले बैंकिङ्ग सेवा सम्बन्धी जिज्ञासाहरूको लागि यस प्लेटफम मार्फत बैंकका एजेन्टसँग प्रत्यक्ष कुराकानी गर्न सक्ने जनाएको छ । यस सेवा गा्रहक मैत्री हुनुका साथै ग्राहकहरूका लागी अझ सहज, सुरक्षित, सर्वसुलभ, र विश्वास योग्य हुने विश्वास बैंकले लिएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८० वटा शाखा, १३३ वटा ए.टि.एम. र ९६ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १४ लाख ९० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।















