Mangaldeep Aagarbatti
GBIME

सितापाइलामा सानिमा बैंकको नयाँ शाखा

1.16K
shares

काठमाडौं, २५ कात्तिक । सानिमा बैंक लिमिटेडले काठमाडौंको सितापाइलामा शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ ।

उक्त शाखा कार्यालयको उद्धघाटन सानिमा बैंकका अध्यक्ष तुक प्रसाद पौडेल र प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले संयुक्त रुपमा गरेका हुन् ।

सानिमा बैंकका अध्यक्ष तुक प्रसाद पौडेलले यस शाखाबाट सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गरिनुका साथै, अन्य स्थानहरुमा पनि शाखा विस्तार गर्दै ग्राहकहरुले पाउने सेवा सुविधा बढाउँदै जाने लक्ष्य लिएको बताए ।

हालसम्म सानिमा बैंकको देशका सातै प्रदेशमा १३० कार्यालयहरु र १२२ वटा एटिएमहरु मार्फत सेवा दिँदै आएको छ ।

National life Banner
Dhulikhel Eco Resort 1200*100