Dhulikhel Eco Banner new

पानी ल्याउन २ घण्टा हिँड्नुपर्ने

3.54K
shares

काठमाडौं, २६ कात्तिक । गुल्मी मदाने गाउँपालिका–६ पुर्कोट दहकी पवित्रा विक ५८ हरेक विहान कम्तीमा २ घण्टा एक गाग्री पानी भर्नका लागि खर्चन्छिन्् ।

उनि विगत १२ वर्षदेखि हरेक विहान एक गाग्री पानी भर्नका लागि एक घण्टा पैदल दूरी गरी फुर्कोटदेखि थाम्का पुगछिन । यसरी दुःख गरी ल्याएको पानीले खाना पकाएपछि उनि गिट्टी कुट्न छिर्नी पुगछिन ।

विक ४६ वर्ष पुग्दा श्रीमानको मृत्यु भएपछि घर खर्चका लागि गिट्टी कुट्ने काममा लागिन । तर एक दशकभन्दा बढी समयदेखि पानीका लागि सङ्घर्षरत उनिलगायतकाको समस्या समधानका लागि आश्वासन धेरै आएपछि व्यवहारिक रुपमा कसैले पनि काम गरेको छैन । स्थानीय सरकारले पनि समस्या समाधानमा चासो नदेखाएको भन्दै उनले गुनासो गरिन ।

विक जस्तै फुर्सी चुँदाराको पनि दैनिकी पनि उस्तै छ । खानेपानी बोकेर जोहो गर्नुपर्ने बाध्यताका बीच उनको घरखर्च चलाउनका लागि गिट्टी कुट्नुपर्ने बाध्यता छ । जिल्लाभर चुनावी रौनकताले छोएका बेला उनि भने गिट्टै कुट्न मै व्यस्त छिन ।
“हामी हरेक दिन सडक छेउ बसी गिट्टी कुटिरहेका छौँ”, गिट्टी कुट्दै गरेकी उनले भनिन्, “चुनावले होला झण्डा फहराउँदै गाडी हुँइकिएका छन् तर हाम्रो हालचाल सोध्न रोकिएको थाहा छैन ।”

उनिहरु कम्तीमा यहाँको खानेपानीको समस्या समाधान गरिदिए धन्य हुने बताउछन् । पुर्कोट दहकै ६० वर्षे कमला चुँदारा पनि खानेपानीको समस्या समाधान छिटो होस् भन्ने कामना गर्दै आएका छन ।

“म जान्ने भएदेखि नै खानेपानीको समस्या छ, तर समस्या समाधानमा कसैले चासो देखाएन”, उनले भनिन्, “यो समस्या समाधान भए हाम्रो दैनिकी सहज हुने थियो ।”
उनीहरूले गिट्टी कुट्ने ठाउँ छिर्नी सालझण्डी–ढोरपाटन राजमार्गअन्तर्गत मदाने गाउँपालिकामा हो ।

यस क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादी नेतृ रामकुमारी झाँक्री र नेकपा एमालेको तर्फबाट गोकर्ण विष्ट उम्मेदवार छन ।

प्रदेशसभा सदस्यका लागि सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका वुद्धि जिसी र नेकपा एमालेका तर्फबाट दिनेश पन्थी उम्मेदवार छन ।

थाम्का टोलमा रहेको खानेपानीको समस्या केही दिनमै समाधान हुने पुर्कोट दहका वडाध्यक्ष मनिराम थापाले दाबी गरे । उनले अग्लो स्थानमा सानो बस्ती रहेकाले खानेपानी पु¥याउन लिफ्टिङ आयोजना अन्तिम चरणमा पुगेकाले केही दिनमै समाधान हुने जिकिर गरे ।