GBIME

एनएलजी इन्स्योरेन्सले माग्यो कर्मचारी, कुन-कुन पदमा आवेदन दिन पाइने ?

1.16K
shares

काठमाडौं, २८ कात्तिक । एनएलजी इन्स्योरेन्स कम्पनीले विभिन्न पदमा कर्मचारी मागेको छ । कम्पनीले सोमवार एक दैनिक पत्रिकामा सूचना प्रकाशित गर्दै प्रबन्धक (म्यानेजर), अफिसर र सहायक (एसिस्टेन्स) पदमा दरखास्त खुलाएको हो ।

म्यानेजर पदमा आवेदन दिनका लागि स्नातक तह उत्तीर्ण र सम्बन्धित क्षेत्रमा ७ वर्षको अनुभव भएको हुनुपर्नेछ ।

यो पदमा स्नातकोत्तर उत्तीर्णलाई ग्राह्यता दिने सूचनामा उल्लेख छ । यस्तै, अफिसर पदमा आवेदन दिनका लागि स्नातक तह उत्तीर्ण गरी ५ वर्षको अनुभव मागिएको छ ।

सहायक पदमा आवेदन दिन चाहनेको भने प्लस टु (कक्षा १२) उत्तीर्ण हुनुपर्नेछ । उक्त पदमा स्थानीय उम्मेदवारलाई ग्राह्ययता दिइने सूचनामा उल्लेख छ । साथै आवेदक ३० वर्षभन्दा मुनिको हुनुपर्ने उल्लेख छ ।

सूचनामा मुख्य कार्यालय र क्षेत्रीय कार्यालयहरू (नेपालगन्ज, पोखरा, वीरगञ्ज, विराटनगर, ललितपुर र भैरहवा) का लागि कर्मचारी माग गरेको जनाइएको छ । तर, माग गरिएका कर्मचारीको संख्या खुलाइएको छैन ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र कम्पनीको इमेल आईडीमा दरखास्त दिन सक्नेछन् ।