GBIME

भट्ट, गुरुङ र खत्रीलाई ‘लिटिल आईकन अफ नेपाल २०२२’ को उपाधि

2.57K
shares

काठमाडौं, १ मंसिर । ‘लिटिल आईकन अफ नेपाल २०२२’ को उपाधि सान्वी भट्ट, सरोना गुरुङ र अर्मोन खत्रीले जितेका छन् । एएनपि मिडिया हाउसको आयोजनामा भएको प्रतियोगितामा जुनियर गल्र्समा भट्ट, सिनियर गल्सर्ममा गुरुङ र ब्वाइज ग्रुपमा खत्रीले उपाधि जितेका हुन् ।

प्रतियोगिता अन्तर्गत जुनियर गर्ल्स, सिनियर गर्ल्स र ब्वाइज ग्रुप गरी तीन भिन्न समूहमा प्रतिस्पर्धा गराइएको आयोजक संस्थाका प्रमुख लव बहादुर कार्कीले जानकारी दिए । जसमा जुनियर गर्ल्सतर्फको उपाधि सान्वी भट्टले जितिन् भने प्रशान्ती चन्द ठकुरी र स्वस्तिका पाण्डे क्रमशः फर्स्ट रनर अप र सेकेण्ड रनर अप बन्ने । त्यस्तै, जिया घर्ती मगर मस्ट पपुलर विनर र पब्लिक च्वाइसको विजेता बनिन् । त्यस्तै सिनियर गर्ल्सतर्फ सरोना गुरुङले लिटिल आईकन अफ नेपाल २०२२ को ताज पहिरन सफल भइन् । मिरा रोका छेत्री, क्रिजल लिम्बु र क्युरिना परियार क्रमशः फर्स्ट रनर अप, सेकेण्ड रनर अप र थर्ड रनर अप बने ।

सुयान्सी ढुङ्गाना मस्ट पपुलर विनर र नुमा लिम्बु पब्लिक च्वाइसको विजेता बन्न सफल रहे । ब्वाइज ग्रुप अन्तर्गत अर्मोन खत्री लिटिल आईकन अफ नेपाल २०२२ को विजेता बन्दै मस्ट पपुलर विनरको टाइटल समेत हात पारे । त्यस्तै रिदम गौतम, अनमोल गुरुङ र आश्रय अर्याल क्रमशः फर्स्ट रनर अप, सेकेण्ड रनर अप र थर्ड रनर अप बन्न सफल रहे । अनमोलले पब्लिक च्वाइसको उपाधि समेत हात पारे । अन्य प्रतिस्पर्धीहरू समेत विभिन्न उपाधि जित्न सफल भएको कार्कीले बताए ।