Mangaldeep Aagarbatti
GBIME

मैतिदेवी मन्दिर आजदेखि सिल

2.39K
shares

काठमाडौं, १ मंसिर । काठमाडौं महानगरपालिका वडा नम्बर ३० मा रहेको मैतिदेवी मन्दिर आजदेखि सिल गरिएको छ । मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा चुनावको मतदान स्थल रहेको मन्दिरलाई बिहीबार साँझदेखि बन्द गरिएको हो ।

बिहीबार राति १२ बजेदेखि स्थिर अवधि सुरु हुने भए पनि मन्दिर त्यो भन्दा अघि देखिनै बन्द गरिएको हो । अब मतदान सम्पन्न नभएसम्मका लागि मन्दिर पूर्ण रुपमा बन्द रहने बताइएको छ । मतदान नसकिएसम्म मन्दिरमा भक्तजनहरुलाई प्रवेश गर्नमा रोक लगाइएको मन्दिर क्षेत्र प्रबन्ध समितिले जनाएको छ ।

National life Banner
Dhulikhel Eco Resort 1200*100