GBIME

ग्लोबल आइएमई बैंक र लक्ष्मी इन्तरकन्टिनेन्टल बीच सहुलियत कर्जा उपलब्ध गराउने समझदारी

1.09K
shares

काठमाडौं, १ मंसिर । ग्लोबल आइएमई बैंक र लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालीबीच सहुलियत ब्याजदरमा विद्युतीय सवारी कर्जा उपलब्ध गराउने समझदारी पत्रका हस्ताक्षर भएको छ । बिहीवार बैंकमा आयोजित एक कार्यक्रमबीच बैंकका साना तथा मझौला कर्जा विभाग प्रमुख रुपेन्द्र वाग्ले र लक्ष्मी इन्टरकन्टिनेन्टलका जनरल म्यानेजर इन्द्रप्रसाद सापकोटाले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

समझदारीअनुसार बैंकले लक्ष्मी इन्टरकन्टिनेन्टल तथा यस कम्पनीका आधिकारिक बिक्रेताले बिक्री गर्ने हुन्डाई ब्रान्डका बिजुली गाडी खरिद गर्न सहजरूपमा कर्जा प्रवाह गर्नेछ । आवश्यक कागजात तथा विवरणसहित बैंकको शाखा कार्यालयमा निवेदन दिएपछि ३ दिनभित्र ग्राहकलाई बैंकले नियमअनुसार सहजरूपमा सवारी साधन कर्जा प्रवाह गर्ने समझदारी पत्रमा उल्लेख गरिएको छ । यो सुविधा ग्लोबल आइएमई बैंकका सबै शाखाबाट उपलब्ध हुनेछ ।

कार्यक्रममा बैंकका नायब महाप्रबन्धक कल्याण विक्रम पाँडे, रिटेल बैंकिङ प्रमुख नरहरि सिलवाल लगायतका पदाधिकारीको उपस्थिति रहेको थियो । ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न किसिमका समय सान्दर्भिक योजनाहरू ल्याउँदै आएको छ । ग्लोबल आइएमई बैंक देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।