GBIME

क्यान महासंघ अध्यक्षका लागि अधिकारीसँग पोदार भिड्ने

3.83K
shares

काठमाडौं, १ मंसिर । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को अध्यक्षका लागि चिरञ्जीवि अधिकारीसँग रणजित पोदार भिड्ने भएका छन् । अधिकारी क्यान महासंघका वर्तमान सचिव हुन् भने पोदार उपाध्यक्ष हुन् ।

अधिकारीले केही महिना अघि नै उम्मेदवारी घोषणा गरेर प्रचारप्रसारमा लागिरहेका थिए । अधिकारीविरुद्ध पोदारले भने बिहीबार मात्रै अध्यक्षमा लड्ने घोषणा गरेका हुन् । क्यान महासंघ सूचना प्रविधि क्षेत्रमा काम गर्नेहरुको सबैभन्दा ठूलो छाता संगठन हो ।

क्यान महासंघको चुनाव आगामी पुस ९ गते काठमाडौंमा हुँदैछ । अधिकारी र पोदार बाहेक अन्य केहीले आकांक्ष देखाए पनि उम्मेदवारी घोषणा भने गरेका छैनन् । उम्मेदवारी घोषणा गरेका अधिकारी र पोदार दुबै जना प्यानलसहित उठ्ने तयारीमा छन् । आफ्नो प्यानलमा क–कसलाई राख्ने भन्ने विषयमा अहिले उनीहरुले तयारी गरिरहेका छन् ।