GBIME

व्यवसायी मैत्री मौद्रिक नीतिको समीक्षा, स्प्रेडरेट ४ प्रतिशतमा झर्यो

1.88K
shares

काठमाडौं, ११ मंसिर । बैंकहरुको मूनाफामा अंकुश लाग्ने गरी नेपाल राष्ट्र बैंकले नयाँ व्यवस्था गरेको छ । राष्ट्र बैंकले कर्जा र निक्षेपबीचको अन्तर (स्प्रेडदर) लाई घटाइ दिएको छ ।

यस्तो दर हाल वाणिज्य बैंकको ४.४ प्रतिशत थियो भने विकास बैंकको ५ प्रतिशत थियो । यसलाई घटाएर क्रमशः ४ प्रतिशत र ४.६ प्रतिशत बनाइदिएको छ । पछिल्लो समय बैंकले धेरै नाफा कमाएको भन्दै उद्योगी व्यवसायीहरुले विरोध गर्दै आएका थिए । उद्योगी–व्यवसायीहरुको माग सम्वोधन हुने गरी राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो ।