Dhulikhel Eco Banner new

विद्युतीय सवारी विस्तारमा लक्ष्मी इन्टरकन्टिनेन्टल र ग्लोबल आईएमई बैंकको सहकार्य

4.8K
shares

काठमाडौं, २० मंसिर । लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्लोबल आइएमई बैंक लिमिटेडसँग आफ्नो इलेक्ट्रिक भेहिकलका लागि वित्तिय सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।

ग्लोबल आइएमई बैंक लिमिटेडका साना तथा मझौला ऋण विभागका प्रमुख रुपेन्द्र वाग्ले र लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रबन्धक इन्द्रप्रसाद सापकोटाले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता पछि ग्राहकहरूले आफ्ना हुन्डाई ईभीहरू ग्लोबल आइएमई बैंकमार्फत १२.९९% ब्याजदरमा फाइनान्स गर्न सक्नेछन् । यो योजना अन्तर्गत खरिद गरिएका सवारी साधन ३ दिन भित्रमा उपलब्ध गराइनेछ ।

ग्लोबल आइएमई बैंक लिमिटेड, बैंक अफ काठमाण्डू लिमिटेडसँगको मर्जर पूरा गरेपछि चुक्ता पुँजीको हिसाबले नेपालको सबैभन्दा ठूलो बैंक हुनेछ । यसरी दुई पक्षबीच भएको सम्झौताले हुन्डाईका विद्युतीय सवारी साधन खरिद गर्न चाहने ग्राहकका लागि सहजता प्रदान गर्ने विश्वास लिईएको छ ।

ग्राहकहरूले ग्लोबल आइएमईको कुनैपनि शाखा वा हुन्डाईका देशभर रहेका १७ वटा शोरुममा गएर सम्बन्धित विभागमा सम्पर्क गरी प्रक्रिया अगाडि बढाउन सक्नेछन् । हुन्डाईको KONA / IONIQ नेपालमा सबैभन्दा बढी बिक्री हुने विद्युतीय सवारीमा पर्छन्। यो सम्झौतासँगै ग्राहकहरूले दुवै विकल्पहरू सजिलै खरिद गर्न सक्नेछन् ।

हुन्डाई मोटर कम्पनीले दिगो विकासको लागि गरेको प्रतिबद्धतासँग हुन्डाई नेपालले ऐक्यबद्धता जनाउँदै आफ्नो “Be -v_ the change” अन्तर्गत विभिन्न सामाजिक–आर्थिक योजनाहरू अगाडि बढाएको छ। ग्लोबल आईएमई बैंक संग भएको यो समझदारीले पनि देशैभरीका विद्युतीय सवारी प्रेमीहरूलाई सवारी साधन खरिद गर्न प्रोत्साहन गर्दै दिगो भविष्यको लक्ष्यमा अगाडि बढ्न सघाउने आशा गरिएको छ ।