नुप्चे लिखु जलविद्युतले आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल
वि.सं.२०७९ मंसिर २३ शुक्रवार १६:३८
shares

काठमाडौं, २३ मंसिर । भिजन इनर्जी एण्ड पावर लिमिटेडले प्रवद्र्धन गरेको ५७.५ मेगावाट जडित क्षमताको “नुप्चे लिखु जलविद्युत आयोजननले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले रु.१०० अंकित दरको अधिकतम जम्मा ६५,००,००,००० रकम बराबरको कुल ६५,००,००० कित्ता साधारण शेयर (आफ्नो जारी पूँजीको १० प्रतिशत शेयर अर्थात ३२ लाख ५० हजार थान शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्काशन गर्ने भएको छ ।
नयाँ बानेश्वर, काठमाण्डौ स्थित निष्काशन कम्पनीको रजिष्टर्ड कार्यालयमा मिति २३ गते भिजन इनर्जी एण्ड पावर लि. का तर्फबाट कार्यकारी अध्यक्ष टि.एन. आचार्य तथा एनआइबिएल एस क्यापिटलका तर्फबाट नायब महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले सम्झौतापत्र हस्ताक्षर गरेका छन् ।
कम्पनीको जारी पूँजीको अधिकतम १० प्रतिशत शेयर अर्थात ३२ लाख ५० हजार थान शेयर सर्वसाधारणका लागि) को सार्वजनिक निष्काशन गर्ने छ । निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा एनआईबिएल एस क्यापिटल लिमिटेड लाजिम्पाट, काठमाण्डौलाई नियुक्त गरेको छ ।
“राष्ट्रको समृद्धिको लागि ऊर्जा” भन्ने नाराका साथ विभिन्न पेशाकर्मी र अनुभवी व्यक्तित्वहरु एकजुट भएर भिजन इनर्जी एण्ड पावर लिमिटेड नामक कम्पनीको स्थापना भएको हो । संस्थागत सुशासन तथा संस्कृतिलाई व्यवहारमै उच्च प्राथमिकतामा राख्दै सोही अनुसार अघि बढिरहेको यो कम्पनीले प्रमाण पत्र समेत प्राप्त गरेको छ ।
ऊर्जा उत्पादन गर्ने कम्पनीहरुमा लगानी गर्ने (पानी, वायु, सौर्य ऊर्जा, वायो ग्याँस जस्ता वैकल्पिक ऊर्जा श्रोतहरुको प्रयोग गरेर साना वा मझौला आयोजनाहरु मार्फत) र ऊर्जा सम्बन्धित परियोजनाहरु आफै निर्माण गर्ने गर्दछ ।


















