Dhulikhel Eco Banner new

थली खण्डमा सडक कालोपत्र हुने

7.33K
shares

काठमाडौं, २७ मंसिर । निर्माण सुरु भएको छ वर्षपछि थली सडक कालोपत्र हुने भएको छ । चावहिल–साँखु सडकअन्तर्गतका सो सडक बुधबारदेखि कालोपत्र हुने काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ ।

सो सडकमा अरु खण्डमा सडक निर्माण भइसकेपछि उक्त खण्डको निर्माण सम्पन्न नहुँदा स्थानीयवासी घर र पसलमा धुलो उडेर तथा बर्षामा सडक प्रयोगकर्ता बर्षामा खाल्डै खाल्डाका कारण हैरान भएका थिए ।

सो खण्डमा आवश्यक तयारीका काम भइसकेकाले अब कालोपत्र गरिने आयोजनाका प्रमुख कृष्णनाथ ओझाले बताए । गतवर्ष त्यहाँका स्थानीयवासीले चौडाइ बढाएर मात्रै कालोपत्र गर्न भनेकाले त्यतिबेला नभएर अहिले गरिएको उनले बताए । उनले भने, “सडकको केही चौडाइ बढेपछि अहिले झण्डै १४ मिटर चौडा हुने गरी चार लेनको सडक निर्माण गरिएको छ ।” चावहिल साँखु सडकमा अधिकांश सडक २२ मिटरभन्दा कम चौडाइमा कालोपत्र गरिएको आयोजनाका प्रवक्ता महानन्द जोशीले बताए ।